SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा माइती घरमा प्रदर्शन

काठमाडौं : सीमाको बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा माओवादीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ।सीमाका बिषयमा प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा माओवादीले शनिबार काठमाडौंको माइती घरमा विरोध प्रदर्शन गरेका हुन्।उनीहरुले सुस्ताका देशभक्त नेपालीहरुलाई राज्यले सम्मान दिनुपर्ने भन्दै सीमा रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।