SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

चुनावी परिणामबाट हार मानेका छैनौं : कुलमान घिसिङ

काठमाडौं : उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले चुनावको परिणामलाई लिएर आफूहरुले हार नमानेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चुनावमा सोचे जस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए ।उनले पछिल्लो निर्वाचन आफूहरुका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको बताएका छन् ।