SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

असममा भारतीय सेनाको जहाज दुर्घटना :  पाँच जनाको मृत्यु

भारत : भारत असमको जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य यातायात विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायुसहित पाँच वायुसेना जवानको मृत्यु भएको छ । भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूको विवरण सार्वजनिक गर्दै गहिरो दुःख व्यक्त गरेको छ । मृतकहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् ।