SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

मेरा लागि विश्वकप दसैं जस्तै हो

तीन दशकदेखि नेपाली सुगम संगीतमा क्रियाशील छन्, वरिष्ठ संगीतकार राजु सिंह। २०४८ सालमा ‘प्रतिबिम्ब’ ब्यान्डमार्फत सांगीतिक यात्रा सुरु गरेका सिंहले सुगम संगीतका साथै चलचित्र, लोक, पप, भजनलगायत करिब १२ सय गीतमा संगीत भरिसकेका छन्। उनको एकल संगीतमा ३७ वटा एल्बम बजारमा आइसकेका छन्।