पशुपतिनाथ मन्दिरमा हत्या गरेर फरार रहेका व्यक्ति महोत्तरीमा पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका-८ पशुपतिस्थित १५ नम्बर शिवालयमा हत्या गरी फरार रहेका एकजना महोत्तरीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ का दर्बेनाथ भन्ने सुविन रानामगर रहेका छन्। २०८२ फागुन ६ गते पशुपतिमा संखुवासभाका सन्तोष गिरी भन्ने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न भएको आरोपमा रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका-६ बाट पक्राउ गरिएको हो।
