निष्पक्ष छानविन गर्ने शर्तमा पिंकीको शव उठ्यो
महोत्तरी : रहस्यमय मृत्यु घटना प्रकरणलाई निष्पक्ष रुपमै छानविन गर्ने शर्तमा वर्दिवासकी मृतक पिंकी कुमारीको शव परीक्षणका प्रहरीले उठाइएको छ। शनिबार दिउँसो घटनास्थलमै पीडित, स्थानीय भद्रभलादमी तथा प्रहरीबीच भएको सहमति अनुसार मृतकको शव पोस्टमार्टमका लागि जनकपुर पठाइएको हो ।महोत्तरीका प्रहरी प्रवक्ताा एवम डीएसपी पन्चलाल गोलेले दिएको जानकारी अनुसार प्रहरीले मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको हो ।
