SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

नदीजन्य सामग्री उत्खननमा रोक

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गाउँपालिकाभित्र नदीजन्य सामग्रीको उत्खनन, संकलन तथा निकासी रोक लगाइएको छ ।  यसवाट जोखिमको न्युनीकरण हुने जनाइएको छ । शिवपुरी गापाभित्रबाट यही जेठ ३१ गते आइतवारदेखि नदीजन्य सामग्री (ढुंगा, गिट्टी, बालुवा लगायत) को उत्खनन, संकलन तथा निकासी कार्य अनिश्चितकालका लागि बन्द हुने भएको छ । वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा कानूनी प्रक्रियालाई प्रभावकारी बनाउन यो निर्णय गरिएको बुझिएको छ ।