SHARE
लोक पथ · शनिबार ३० जेठ २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

सुर्खेतको थुनुवाकक्षमा रहेका २१ वर्षीय युवकको मृत्यु, आफन्तद्वारा कुटपिटको आशंका

सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयको थुनुवाकक्षमा रहेका एक युवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१०, पिपिराका २१ वर्षीय साबिर बक्सको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चोरी मुद्दामा पक्राउ परेका बक्सलाई २७ गते नियन्त्रणमा लिइएको थियो ।