किन पक्राउ परे सेफ सन्तोष साह ?
काठमाडौं : चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले जिल्ला अदालत काठमाडौंको अनुमतिमा साहलाई गए राति महोत्तरीबाट पक्राउ गरेर काठमाडौं ल्याइएको जानकारी दिए।साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक अनादर ठगी गरेको उजुरी परेपछि जिल्ला अदालत काठमाडौँको अनुमतिले पक्राउ गरिएको उनको भनाई छ। आज र भोलि सार्वजनिक बिदा भएकाले उनलाई सोमबार मात्र अदालत पेस गर्ने प्रहरीको तयारी छ।
