SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन् । पोखरामा भएको प्रथम अधिवेशनमा निर्वतमान महामन्त्री त्रिपाठीले २३४ मत ल्याउँदै विजयी भएको निर्वाचन समितिका संयोजक डा राम गुरुङले जानकारी दिए।उनका अनुसार शुक्रबार राति भएको मतदानमा निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गरे। अधिवेशनमा कूल ७८० प्रतिनिधि रहेपनि ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए ।