SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

अमेरिकी सैन्य आक्रमणमा भेनेजुएलाका ‘ट्रेन डे अरागुआ’ का शीर्ष नेता मारिएको ट्रम्पको घोषणा

अमेरिका : अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले अमेरिकी सैन्य कारबाहीमा कुख्यात आपराधिक समूह ट्रेन डे अरागुआका शीर्ष नेता हेक्टर रुस्थेनफोर्ड गुरेरो फ्लोरेस (उर्फ ‘निन्यो गुरेरो’) मारिएको बताएका छन् । गुरेरोलाई भेनेजुएलाको जेलभित्र जन्मिएको एउटा गिरोहलाई अन्तर्राष्ट्रिय आपराधिक सञ्जालमा रूपान्तरण गर्ने मुख्य योजनाकार मानिन्थ्यो । उक्त संगठनको प्रभाव ल्याटिन अमेरिका, अमेरिका र स्पेनसम्म फैलिएको थियो ।