नाइमा अटो शोमा दर्शकको भीड : आकर्षणको केन्द्रमा महिन्द्राको बी-सिक्स ईभी
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ हिजोदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोको दोस्रो दिन आज ठूलो संख्यामा दर्शक तथा ग्राहकहरूको उपस्थिति देखिएको छ। नाइमाका परामर्शदाता प्रतिक अर्यालका अनुसार, पहिलो दिनमै करिब १५ हजार जनाको उपस्थिति भएको थियो भने दोस्रो दिन दिउँसोको मध्य समयमै १५ हजारभन्दा धेरै आगन्तुक एक्स्पोमा भित्रिइसकेको अनुमान गरिएको छ।
