रोजगारीको लोभले गुम्यो मृगौला, तीन जना पक्राउ
काठमाडौं । एक युवकको भारतमा लगेर मृगौला बेचबिखन गर्ने प्रकरणमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोको टोलीले काभ्रेको पाँचखाल नपा–१० का कुमार नन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नपा–९ का समीर नेपाली र नुवाकोट बेलकोटगढी नपा–४ का राकेश नेपाली रहेका छन् ।
