विश्वकप उद्घाटन खेलमा अमेरिकाको दमदार सुरुआत, पाराग्वेलाई ४-१ ले हरायो
काठमाडौं । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक अमेरिका विजयी हुँदै प्रतियोगिताको सुखद सुरुआत गरेको छ । घरेलु मैदानमा सम्पन्न खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो । अमेरिकाले ३२ वर्षपछि घरेलु मैदानमा विश्वकप आयोजना गरिरहेको छ ।
