सकियो भूमि विधेयकमाथिको दफावार छलफल : तेस्रो चरणमा ३५ दिनको सूचना जारी हुने
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोवासीहरुलाई जग्गा प्राप्ति निवेदन दिन सरकारले तेस्रो चरणमा ३५ दिनको सूचना जारी गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विस्थापित भएर आएकाहरुले पनि अव्यवस्थितअन्तर्गत फर्म भर्नसक्ने बताए ।
