SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ १२:०० PM · 1 मिनेट पढाइ

रोधीघरमा कुटपिटबाट घाइते श्यामको मृत्यु, चार जना पक्राउ

गोरखा : गोरखा नयाँबजारस्थित रोधीघरमा कुटपिटबाट घाइते भएका श्याम भनिने सन्तबहादुर गुरुङको मृत्यु भएको छ । गत बुधबार राति रोधीघरबाट निस्कने क्रममा निर्घात कुटपिटमा परी घाइते भएका गुरुङको गए राति गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मुड्की, लात्ती तथा ढुङ्गा प्रयोग गरी घाइते बनाइएक गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो । उपचारपछि घर फर्किएका उनी शुक्रबार दिउँसो घरमा बेहोस भएर ढलेका थिए ।