अमेरिकाको डरले इरानको कदम : युरेनियम भण्डार शिल, सुरुङमा माइन बिछ्याइयो
इरान : पछिल्ला केही सातामा इरानले आफ्नो बम बनाउन सक्ने स्तर नजिकको संवर्धित युरेनियम भण्डारलाई थप सुरक्षित बनाउन नाटकीय रूपमा कदम चालेको अमेरिकी गुप्तचर स्रोतहरूले जनाएका छन् । इरानले जानाजानी सुरुङहरू भत्काएको तथा प्रवेशद्वारहरूमा विस्फोटक बारुदी सुरुङ (माइन) जडान गरेको बताइएको छ ।स्रोतहरूका अनुसार करिब आधा टन उच्च संवर्धित युरेनियमसम्म पुग्न अहिले एक महिनाअघि भन्दा धेरै कठिन, खतरनाक र समय लाग्ने भएको छ ।
