SHARE
अन्नपूर्ण · शनिबार ३० जेठ २०८३ १२:०० PM · 1 मिनेट पढाइ

जग्गा विवादमा कुटपिट : बृद्धको मृत्यु, एक जना पक्राउ

रौतहट : जग्गा विवादका क्रममा सर्लाहीमा कुटपिट हुँदा एक वृद्धको ज्यान गएको छ ।  गोडैता नगरपालिका–९ का ७० वर्षीय अहमिद मन्सुरमाथि  कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते मन्सुरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटना गत जेठ २२ गतेको हो । उनका छिमेकी श्रीचन महतोसँग जग्गासम्बन्धी विवाद हुँदा श्रीचनका छोरा सुशील महतो, रमजान मन्सुरलगायतले उनलाई निर्घात कुटपिट गरेर घाइते बनाएका थिए ।