बहुप्रतिक्षित खेलमा ब्राजिल र मोरक्को भिड्दै, स्कटल्यान्ड र हाइटीमा विश्वकपको उत्साह
काठमाडौं : फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ ।गत संस्करण कतार विश्वकपमा ब्राजिलको यात्रा क्वार्टर फाइनलसम्म पुगेर रोकिएको थियो । टोली क्रोएसियाविरुद्ध स्तब्ध बन्यो । त्यसको चार वर्षअघि रसियामा पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो ।
