बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ गठ्ठाघर बस्ने ललितपुर घर भएका ४६ वर्षीय प्रदिपकुमार गौतम र काठमाडौं कीर्तिपुर नगरपालिका–३ बस्ने धादिङ घर भएका ६५ वर्षीय रामकुमार थापा रहेका छन् ।
