सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड मिति तय
सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार १ गते बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले असार १ गते सोमबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म आम सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
