डोजरमा भ्याटः स्वरोजगार व्यवसायीहरुमाथि थपिएको अतिरिक्त आर्थिक भार
बजेट निर्माणको शिलशिला जारी रहँदा हेभी इक्वीपमेन्ट व्यवसायीहरु एकदिन अर्थ मन्त्रालयमा पुगेका थिए । त्यहाँ उनीहरुले मन्त्रालयका सचिव लगायतसँग केही हेभी इक्वीपमेन्टहरुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै यसपालीको बजेटबाट भ्याट नलाग्ने प्रावधानका लागि अनुरोध गरेका थिए । डोजर, एक्साभेटर, लोडर, ब्याक्हो लोडर, ग्रेडर, रोलर लगायतका हेभी इक्वीपमेन्टहरुमा भ्याट लाग्दैनथ्यो ।
