ईप्पानमा विवाद: विधान पारित गरेर मात्रै चुनाव गर्न माग गर्दै ३१५ बढी सदस्यले बुझाए हस्ताक्षर
आज हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औं बार्षिक साधारणसभामा निर्वाचनका सम्वन्धमा विवाद सिर्जना भएको छ । ईप्पानका महासचिब तथा बरिष्ठ उपाध्यक्षका उमेद्धार बलराम खतिवडा सहित ३१५ बढी सदस्यले २४ औं साधारणसभाबाट विधान पारित गरेर मात्रै निर्वाचन गर्न माग गर्दै हिजो शुक्रबार इप्पान अध्यक्ष मार्फत कार्य समितिमा निवेदन पेश गरेका हुन्।
