एलन मस्क बने विश्वकै पहिलो ट्रिलिनियर, स्पेसएक्सको आईपीओपछि १० खर्ब डलर नाघ्यो सम्पत्ति
अमेरिकी धनाढ्य एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (डलर खर्बपति) बनेका छन् । स्पेसएक्सको ऐतिहासिक आईपीओ (Initial Public Offering) पछि टेस्ला र स्पेसएक्सका संस्थापक रहेका मस्क विश्वका पहिलो ट्रिलियनेयर बनेका हुन्। उनको सम्पत्ति १ ट्रिलियन डलर अर्थात् १० खर्ब अमेरिकी डलरभन्दा धेरै पुगेको छ । फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १.१ देखि १.२ ट्रिलियन डलर पुगेको छ।
