BMW को एउटै मोडलमा १ करोड ३० लाख मूल्य वृद्धि
नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम मोटर्स प्रा. लि.ले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारी (EV) कर नीतिपछि BMW का विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको छ । यसअन्तर्गत BMW iX1 eDrive20 को मूल्य १ करोड ९९ लाख ९६ हजारबाट बढेर ३ करोड २९ लाख ९६ हजार पुगेको छ।
