एथरद्वारा एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम
वैद्य इनर्जी प्रा. लि. द्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा ATHER विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा उल्लेखनीय कीर्तिमान कायम गरेको छ। यस विशेष मेगा डेलिभरी कार्यक्रमले नेपाली ग्राहकहरूबीच ATHER ब्रान्डप्रति बढ्दो विश्वास, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा दिगो यातायात समाधानप्रतिको आकर्षणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।
