ट्रम्पको ८०औँ जन्मदिनमा ‘केज फाइट’ कार्यक्रम विवाद
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ८०औँ जन्मदिनलाई केन्द्रमा राखेर ह्वाइट हाउसको साउथ लनमा आयोजना गरिएको विशाल यूएफसी केज फाइट कार्यक्रमले अमेरिकी राजनीति र सार्वजनिक खर्चबारे तीव्र बहस जन्माएको छ । ‘यूएफसी फ्रिडम २५०’ नाम दिइएको कार्यक्रमलाई समर्थकहरूले उत्सव र स्वतन्त्रताको प्रदर्शनका रूपमा व्याख्या गरे पनि आलोचकहरूले यसलाई असंवेदनशील र विवादास्पद कदम भनेका छन् ।
