वैदेशिक रोजगार ठगीमा फरार आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
काठमाण्डु – वैदेशिक रोजगारसम्बन्धी ठगी तथा अनियमितताबाट पीडित नागरिकलाई न्याय दिलाउने र कानुनी प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउने उद्देश्यले वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।
