एनपिएल : चितवन राइनोजबाट खेल्दै इङ्गल्याण्डका डेभिड मलान
काठमाण्डु– ‘टी–२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तरराष्ट्रिय शतकसमेत हानेका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाण्डुमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन् । एनपिएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदैछन् ।
