SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

तीनकुनेमा एक जना मृत फेला

काठमाडौं : तीनकुनेमा एक जनाको पुरुषको शव फेला परेको छ। तीनकुने ग्राउन्डको छेउमा रहेको झाडीमा एक जना मृत फेला परेको प्रहरीको बानेश्वर वृत्तले जानकारी दिएको छ। मृतकको पहिचान खुल्न बाँकी छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ।