चितवन राइनोजले गर्यो मार्की खेलाडी कुशलसहित सात खेलाडी ‘रिटेन’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले मार्की खेलाडी कुशल मल्लसहित सात खेलाडीलाई रिटेन गरेको छ । शुक्रबार चितवन राइनोजले आफ्नो अफिसियल फेसबुक पेजबाट ७ जना खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो ।चितवन राइनोजले कुशल मल्लसहित दीपक बोहरा, देव खनाल, रिजन ढकाल, कमलसिंह ऐरी, रन्जित कुमार र अर्जुन साउदलाई रिटेन गरेको हो । त्यस्तै, चितवनले तेस्रो सिजनका लागि ५ जना खेलाडी भने रिलिज गरेको छ ।
