SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

हुम्लामा नेपाल-भारत मैत्री अस्पताल भवनको शिलान्यास

काठमाडौं :  हुम्लाको चंखेली गाउँपालिका–२ मा नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास गरिएको छ। अस्पताल भवन भारत सरकारको आर्थिक सहयोग करिब १४.८ करोड रुपैयाँमा निर्माण हुन लागेको हो। यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन हुम्लाको चंखेली गाउँपालिकामार्फत गरिनेछ। चंखेली गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन्।