प्रधानमन्त्रीले सत्ता टिकाउन सीमा विवादमा बेलायतको संलग्नताको प्रसङ्ग उठाए : बादल
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले सीमा विवाद समाधानका लागि बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले वर्तमान नेतृत्वप्रति भारत असन्तुष्ट देखिएकाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद मिलाउनको बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरेका हुन् ।
