SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सरकारले थप्यो संविधान संशोधन कार्यदलको म्याद

काठमाडौं : सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद आगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।