SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

सरकारले पहिलो पटक ऊर्जा व्यापार उदारीकरणको नीति लिएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पहिलो पटक ऊर्जा व्यापार उदारीकरणको नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) लाई २४औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिइने गरिने पहिलो पटक ऊर्जा व्यापार उदारीकरणको नीति लिइएको बताएका हुन् ।