अर्थमन्त्रीको बचाउ गर्दै सांसद सुनारले भने, ‘नाक कहाँ पर्छ भनेर छानविन समिति बनाउन जरुरी छैन’
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेको करको दर हेरफेरका विषयमा भएको टिकाटिप्पणी र आलोचनाको विरोध गर्दै बचाउ गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद सुनारले अर्थमन्त्री वाग्लेले सबै संवैधानिक प्रक्रिया पुरा गरी गरेको कर्मलाई लिएर गरिएको टिकाटिप्पणीलाई सुन्दा जायज नभएको बताए ।
