अर्थमन्त्रीमाथि छानबिन हुनैपर्छ, सुरु मैबाट गरियोस्ः वर्षमान
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगै आफूमाथि पनि छानबिन गर्नुपर्ने भए तयार रहेको बताएका छन् । शुक्रबार विनियोजन विधेयकमाथिको छलफलअघि संसद बैठकमा पुनले कार्यकारीको कामबारे प्रश्न उठाएकै आधारमा अर्थमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै वाग्लेमाथि छानबिन हुनुपर्ने बताए ।
