अर्थमन्त्रीले संसदीय मूल्य मान्यता भुल्नुभयो, विपक्षीलाई धम्की दिन पाइँदैन : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यशैलीबारे प्रश्न गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका केसीले प्रधानमन्त्रीको संसदमा अनुपस्थिति र मौनता उनको रुचि वा व्यक्तिगत लहडको विषय नरहेको स्पष्ट पारे ।
