फ्रान्स र अर्जेन्टिनाका ६ प्रशिक्षकले गर्दैछन् टचलाइनको नेतृत्व
काठमाडौं : अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि देशको टिमबाट खेल्न खेलाडी त्यही देशको नागरिक हुनुपर्छ। विश्वकपमा पनि यही नियम छ। यस अर्थमा मेक्सिको, अमेरिका र क्यानडामा सुरु हुने फिफा विश्वकपमा ४८ देशका २६ जनाका दरले कुल १२४८ खेलाडी उपाधिको लक्ष्यसहित प्रतिस्पर्धाको मैदानमा हुनेछन्।विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियममा कुनै पनि देशको टिममा रहेर खेल्नका लागि सम्बन्धित देशको नागरिक हुनै पर्छ।
