SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ जेठ २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

भारतको ९ करोड ३० लाख सहयोगमा कालीकोटमा विद्यालय भवन बन्ने

कालिकोट : कर्णाली प्रदेशको कालिकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।भारत सरकारको करिब ९ करोड ३० लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालिकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । परियोजना सान्नीत्रिवेणी गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।