सुनको भाउ तोलामै ५ हजार ३०० ले बढ्यो, चाँदीको १९० रुपैयाँले
काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९२ हजार रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८४० रुपैयाँ निर्धारण भएको छ ।
