अवैध उत्खनन संलग्न सवारीसाधनहरू नियन्त्रणमा
महोत्तरी : महोत्तरीको मरहा नदीबाट अनुगमनका क्रममा अवैध उत्खननमा संलग्न सवारी साधनहरू नियन्त्रणमा लिएको छ। जिल्ला समन्वय समिति महोत्तरीको टोली बिहीबार दिउँसो अनुगमनका लागि उक्त नदीमा पुगेको थियो। जहाँबाट ७ वटा टिपर र ३ वटा स्काईभेटर नियन्त्रणमा लिएको हो।उक्त सवारी साधनहरू अहिले प्रहरीको नियन्त्रणमा छ। नगरपालिकाको कार्यालय बन्द भइसकेको अवस्थामा ती सवारीहरू प्रहरीमा बुझाएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
