कुमारी बैंकले ल्यायो नेपालको पहिलो इआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म
काठमाण्डु– कुमारी बैंक लिमिटेडले आइएमएस सफ्टवेयरसँगको सहकार्यमा नेपालको पहिलो इआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ । कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्फत आइएमएस को इआरपी सफ्टवेयरमार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने भएको छ ।
