SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

धनकुटाका सात स्थानीय तहमा एक वर्षमै इन्धनमा दुई करोड ७६ लाख खर्च

धनकुटा : धनकुटाका सात स्थानीय तहले एक वर्षमै इन्धन शीर्षकमा २ करोड ७६ लाख १४ हजार ३३४ रुपैया खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०८१÷८२ मा इन्धन शीर्षकमा लाखौँ रुपैयाँ खर्च गरेको विवरण उल्लेख छ । महालेखा परिक्षकले कार्यालयले इन्धन खर्चसम्बन्धी अभिलेख व्यवस्थापन, मापदण्ड निर्धारण तथा खर्च नियन्त्रणका विषयमा सुधार गर्न स्थानीय तहलाई सुझाव समेत दिएको छ ।