प्रतिनिधिसभा बैठक : बजेटमाथि छलफल
काठमाण्डु- प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले छलफल गरेको छ । छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदहरुले बजेटका सकारात्मक पक्षबारे चर्चा गरे भने विपक्षी दलका सांसदहरुले बजेटमा जनताका अपेक्षाअनुसारका कार्यक्रम नसमेटिएको धारणा राखे । सांसद बदनकुमार भण्डारीले बजेटमा रहेको बिमाको प्रावधानले आमनागरिकको स्वास्थ्यमा ठूलो योगदान पुग्ने बताए ।
