SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

वृद्धलाई कैंची प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं : वृद्धलाई कैंची प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१ नारायणथानका ३४ वर्षीय टाइसन लामा रहेका छन्। लामाले काठमाडौं महानगरपालिका-६ बौद्ध सानो टुसालका ७९ वर्षीय वृद्धलाई कैंचीले प्रहार गरी घाइते बनाएका थिए।तत्काल स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीबाट सामान्य उपचारपश्चात् थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।