SHARE
अन्नपूर्ण · बिहीबार २८ जेठ २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफद्वारा आर्थिक सहयोग

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको छ।उक्त कार्यक्रमका लागि कम्पनीले रु. ६ लाख आर्थिक सहयोग प्रदान गरेको छ, जसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दु पीडितहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा राखिएको छ।