SHARE
पर्दाफास · बिहीबार २२ साउन २०८२ ०३:११ PM · 1 मिनेट पढाइ

मदन भण्डारीले चुनावका लागि प्रयोग गरेको घरमा विद्याले खोलिन् सम्पर्क कार्यालय

२०४७ सालको परिवर्तनपछि मदन भण्डारीको संसदीय जीवन प्रवेशमा मुख्य थलो बनेको घर मदन भण्डारी फाउन्डेसनले भाडामा लिएको छ। थापागाउँस्थित उक्त घर अब विद्या भण्डारीको सम्पर्क कार्यालय र राजनीतिक गतिविधिको राष्ट्रिय मुख्यालय हुने बताइएको छ। २०४८ सालमा चुनाव लड्दा मदन भण्डारीले यही घरलाई आफ्नो सम्पर्क कार्यालय बनाएका थिए।