SHARE
पर्दाफास · बिहीबार २२ साउन २०८२ ०३:३९ PM · 1 मिनेट पढाइ

सकियो भूमि विधेयकमाथिको दफावार छलफल, तेस्रो चरणमा ३५ दिनको सूचना जारी हुने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोवासीहरूलाई जग्गा प्राप्ति निवेदन दिन सरकारले तेस्रो चरणमा ३५ दिनको सूचना जारी गर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विस्थापित भएर आएकाहरूले पनि अव्यवस्थितअन्तर्गत फर्म भर्नसक्ने बताए।