SHARE
पर्दाफास · बिहीबार २२ साउन २०८२ ०४:१० PM · 1 मिनेट पढाइ

शिक्षा समितिको बैठकमा काँग्रेस प्रमुख सचेतक घिमिरे र रास्वपा सांसद श्रेष्ठबीच चर्काचर्की

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठबीच चर्काचर्की भएको छ । विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयले गरिब तथा विपन्न विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने विषयमा छलफल चलिरहँदा प्रमुख सचेतक घिमिरे र सांसद श्रेष्ठबीच चर्काचर्की भएको हो ।